काठमाण्डौ – शुक्रवार महिला लघुवित्तको शेयर बाडँफाडँ भयो । तर शनिबार सम्म पनि लगानीकर्ताले नतिजा हेर्न सकेनन ।
कारण हो,विगतमा जस्तो सञ्चार माध्यमहरूले नतिजा सार्वजनिक गर्न पाएन । सबै लोड सिडिएससीलाई पर्यो । सामान्य समयमा समेत राम्रो सँग नचल्ने सिडिएससीको वेबसाइट र एप अत्याधिक चापले चल्नै छाडे ।
यो विषयलाई सञ्चार माध्यमहरूले र सामाजिक सञ्जालमा सर्वसाधारणहरुले चर्को बिरोध गरे । यसैको नतिजा सिडिएससीले आइपीओ नतिजाको लाई नयाँ website बनाएको छ । जहाँ एकै पटक सबैले नतिजा हेर्न सकिने छ त्यो पनि एकदम छिट्टै ।
www.iporesult.cdsc.com.np बाट अब नतिजा हेर्न सकिने छ ।