• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कुमारी इक्विटी फन्डको ८ करोड इकाई विक्री खुल्ला

काठमाडौं – कुमारी क्यापिटलले ‘कुमारी इक्विटी फन्ड’ को ८ करोड इकाई शुक्रबार (फागुन १४ गते) देखि बिक्री खुला गरेको छ ।

कुल इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ ।

कुमारी इक्विटी फन्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने फागुन २८ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।

प्रतिक्रिया