खुमन अधिकारी र कल्पनाको “टोपी किनेको” गीत चर्चामा (भिडियो सहित)

काठमाडौ – पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायक खुमन अधिकारी रबिन लामिछाने को शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘टोपी किनेको’ सार्वजनिक भएको छ । उक्त गीत शिव दर्शन फिल्म्स अफिसियल युट्युब च्यानल मार्फत डिजिटल बजारमा भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा चर्चित गायक खुमन अधिकारी र रबिन लामिछाने, कल्पना दाहाल, रबिन बश्याल लगायत ग्रुप मा प्रकाश पराजुली , प्रितम पोख्रेल, जमुना सनम को स्वर रहेको छ ।

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्नुहोस्

प्रतिक्रिया