आमाको सम्झनामा बनेको "जप्दै नाम आमा" गीतमा मिन बिश्वकर्माले आवाज दिएसँगै चर्चामा

काठमाडौं - पछिल्लो समय मीन विश्वकर्मा सामाजिक सञ्जालमा निकै चर्चामा छन्। उनले गायको आमाको सम्झनाको गीत चाहिँ दर्शकहरुले अत्याधिक रुचाए ।

केही समय पूर्व नै बालकुमार श्रेष्ठले आवाज दिएको सो गीत मिनले गाएसँगै पुन चर्चामा आयो।

सोसँगै निर्माण युनिटले गीतलाई मिनकै आवाज राखेर म्युजिक भिडियो सहित पुन सार्वजनिक गर्यो । भर्खर सार्वजनिक सो गीतलाई दर्शकहरूले फेरि पनि उत्तिकै माया दिएका छन्।

गीत सार्वजनिक भएको छोटो समयमा नै सामाजिक सञ्जाल र युट्युबमा समेत चर्चामा रहेको छ। गीतको निकै उत्कृष्ट म्युजिक भिडियो तयार पारिएको छ साथै गीतलाई बालकुमार श्रेष्ठ, पूर्णकला बिसी र मिन विश्वकर्माले आवाज दिएका छन् । 

बालकुमार श्रेष्ठको शब्द तथा लय सिर्जना रहेको सो गीतलाई विष्णु शर्माले निर्देशन गरेका छन् । गीतमा सुरवीर पण्डित, रमा थपलिया, बिमल अधिकारी स्मारिका ढकाल, शिशिर पौडेललगायतका आधा दर्जन कलाकारको अभिनय रहेको छ। गीतलाई इ नेपाल रोधीघरले उत्पादन र बजार व्यवस्थापन गरेको छ। 

 

प्रतिक्रिया