महिला लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुने पक्का

काठमाडौ – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओकाे बाँडफाँड फागुन १४ गते शुक्रबार हुने भएकाे छ ।

आइपिओकाे प्रि-अलोटमेण्ट हिजाे (फागुन ११ गते, मंगलबार) सम्पन्न भएको हुनाले शुक्रबार बाँडफाँड गर्न लागिएकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।

यो लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीको शेयर गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी धेरैको हातभने खाली हुने छ ।

प्रतिक्रिया