• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुनसक्ने

काठमाण्डौ – केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रारम्भिक बाँडफाँड ( प्रि allotment ) भोलि गर्ने गरी काम भएको विक्री प्रबन्धक ले जनाएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही भोलि पहिलो चरणको बाँडफाड पछि लगत्तै महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने आर्थिक सन्देशलाई जानकारी दिएको छ ।

यो लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीको शेयर गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी धेरैको हातभने खाली हुने छ ।

प्रतिक्रिया