काठमाण्डौ । झण्डै एक महिना अघिबाट दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्य लगतार बढेर ५ हजार माथि पुगेको छ ।
विहिबार पनि कारोबार सुरु भएको केहि समयमै कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । आज मात्र कम्पनीको शेयर मूल्य ४७२ रुपैयाँले बढेर ५१९८ मा पुगेको छ ।
यो कम्पनीको शेयर माग आज भने घटेर ५० हजार हाराहारीमा आएको छ भने करिव १८ हजार कित्तको शेयर खरिद विक्री भएको छ । यो महिला लद्युवित्तको शेयर मूल्य भन्दा केहि कमि हो ।