सुनको मूल्यले बनायो नयाँ इतिहास, चाँदी पनि उच्च विन्दुमा

काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ र लगातार नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन तथा चाँदीको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको छ। मंगलबार नेपाली समय बिहान १०:५० बजेसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ। एक प्रतिऔंस बराबर २.४३ तोला हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव स्थानीय बजारमा पनि स्पष्ट देखिएको छ।

चाँदीको मूल्य पनि केही दिनदेखि लगातार उच्च विन्दुमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै ४ हजार २५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ।

प्रतिक्रिया