काठमाण्डौ – धौलागिरी गायक तथा सर्जक बिष्णु खत्री अर्को उत्कृष्ट गीत दर्शक श्रोता माझ आएका छन् ।
आफ्नो उत्कृष्टतालाई खत्रीले यो पटक पनि निरन्तरता दिएका छन् ।
“अँधेरीमा उज्यालो टुकी” नामक गीत बिहिवार डिजिटल बजारमा सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेकी गायिका मिना लामा र बिष्णु खत्रीको आवाज रहेको गीत निकै उत्कृष्ट बनेको छ ।
केहि समय अघी खत्री र लामाको “बर्खा” नामक गीत पनी निकै चर्चामा रहेको थियो उनै गायक गायिको जोडिले फेरी बजारमा तहल्का पिट्ने खालको गीत लिएर आएका छन हेरौ दर्शकको कतिको माया पाउछ सो गीत ले ।
बिष्णु खत्रीको आफ्नै लय शब्द मा तयार भएको म्युजिक भिडियो लाई होम गुरुङले निर्देशन गरेका छन । दुर्गा पौडेलले छायांकन गरेको भिडियोमा लोमस शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ। नबिन घर्तीले म्युजिक भिडियोको सम्पादक गरेका छन । गीत बिष्णु खत्रीको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक भएको छ। भिडियो हेर्नुहोस्