• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड, ३ लाख २५ हजारलाई १० कित्ता अरुको हात खाली

काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको ग्रीनलाइफ हाइड्रोपावरको आज शेयर बाँडफाड भएको छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो।

क्यापिटलले आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ। सो बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ। अर्थात, ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन्।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो।

प्रतिक्रिया