काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक हेमन्त खड्काको नयाँ पञ्चेबाजाको गीत ‘बागलुङ सिगाना कोट मुनि घर’ सार्वजनिक भएको छ। यसअघि ‘घर त मेराे बागलुङ सिगाना’ गीत सार्वजनिक गरेका खड्काले आफ्नो जन्मस्थानको थप परिचय गराउने उद्देश्यले नयाँ गीत ल्याएको जानकारी दिएका छन्।
उत्कृष्ट अडियो–भिडियोसहित सार्वजनिक गरिएको यस गीतमा सिगानाका रमणीय स्थलहरू समावेश गरिएका छन्। गीतका लय र शब्द हेमन्त खड्काकै हुन् भने आवाजमा उनलाई रिना केसीले साथ दिएकी छन्।
गीतको भिडियो कुशल निर्देशक प्रेम थापाले निर्देशन गरेका हुन्। भिडियोमा दिनेश थापा मगर र शोभा थापा मगरको अभिनय देख्न सकिन्छ। चर्चित संगीत संयोजक कृष्ण केसीले संगीत संयोजन गरेको यो गीत हेमन्त खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।