महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार सोमबार अपराह्न ४ः३० बजेसम्म १२ लाख १ हजार ८९० आवेदकले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन्।
कम्पनीले माघ ३० आईपीओ निष्कासन गरेको थियो । कम्पनिको शेयरको लागि १ करोड ४० लाख भन्दा धेरै शेयरको माग भएको छ ।
माघ २८ गते निष्कासन गर्ने तयारी गरेकोमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै माघ ३० लाई सारेको थियो ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार महिला लघुवित्तको आईपीओ छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिसेयर १०० रुपियाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर (४ करोड रुपैयाँको) विक्री गर्न लागेको हो । चार लाख कित्ता मात्र भएकाले १० कित्तामात्र भर्दा उपयुक्त हुन्छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । डिम्याट खाता करिब २५ लाख पुगेका छन् ।
संस्थाको जारी पूँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रकम बराबरको ४ लाख कित्ता आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता कर्मचारीहरु तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो ।