काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से १५.७९ अंकले बढ्दै १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयरको कारोबार सम्पन्न भएको हो।
मंगलबारको कारोबारमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेमा १६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, १० वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ।
आजको शेयर कारोबारमा लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार, धेरै कमाउने मध्येका टप टेन कम्पनी नै लघुवित्त कम्पनी रहेका छन्।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल, नबिल ब्यालेन्स फन्ड–२, र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्।