काठमाडौं– ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।
हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैरहेको छ ।
कम्पनीले भोलि मङ्गलबार प्रि allotment गर्ने तयारी गरेको छ ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार चार सय गरी कुल ३४ लाख ९६ हजार चार कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्थे