• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

राष्ट्रबैंकले सेयर धितो कर्जाको सीमा यथावत राख्यो,सोमबारबाट बजार बढ्ने आसा

काठमाण्डौ – नेपाल राष्ट्रबैंकले शेयर कर्जाको सीमा यथावत राखेको छ ।

केही दिन देखि शेयर कर्जाको सीमा घटाउन लागेको चर्चा थियो । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जाको सीमामा कुनै परिवर्तन नभएको जानकारी दिए ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर अधिकारीले सेयर कर्जाको सीमामा कुनै पनि परिवर्तन नगरिएको प्रष्ट पारेका हुन् ।

उनले विकास बैंक वा लघुवित्तले सेयर कारोबार गर्न नपाउने वा लगानी गर्न नपाउने भनी यसअघि सार्वजनिक समाचारअनुसार कुनै नीतिगत परिवर्तन नभएको समेत प्रष्ट पारे ।

प्रतिक्रिया