काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । तर कोरोना संक्रमित भने एक सय चार जना थपिएका छन् ।
शनिबारसम्म कोरोनाका कारण नेपालमा दुई हजार ५४ जनाको मृत्यु भएको थियो । विगत २४ घण्टामा तीन हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएकामा १०४ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ ।
त्यस्तै गत चौबीस घण्टामा १३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ६० पुगेको छ । हाल क्वारेन्टिनमा ७९ जना छन् भने आइसोलेसनमा एक हजार ६०४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।