• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बम्पर बोनस घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्सको बूक क्लोज फागुन ५ गते

काठमाण्डौ – बम्पर बोनस घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्सले साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्षको मुनाफा बाट कम्पनीले बोनस शेयर दिने घोषणा गरेको थियो । सो कम्पनीको बोनस शेयर पाउन यही फागुन ४ गते सम्ममा शेयर किन्नु पर्ने छ ।

लघुवित्तले फागुन २१ गते शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय, दुहवी, सुनसरीमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजना सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

यस अनुसार फागुन ४ गतेसम्म नेप्से कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया