• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

डिजिटल भुक्तानीको माउ संस्था ई- सेवाले पनि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ – डिजिटल भुक्तानीको माउ संस्था ई सेवाले सर्वसाधारणहरुको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

खासगरी कम्पनीले २०२५ सम्म सर्वसाधारणका लागी शेयर जारी गरिसक्ने बताएको हो । अहिले यो कम्पनीले आक्रामक रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै गइरहेको छ ।

कम्पनीका संस्थापक विश्वास ढकालले प्रक्रियागत रुपमा इसेवाले अब सर्वसाधारणको लागि सेयर जारी गर्न छलफल प्रत्रिया अघि बढाइसकेको बताएका हुन । यी कम्पनी बाहेक प्रभु डिजिटल, सुविसु केबल नेटपनि प्रक्रियामै रहेका छन् । त्यस्तै वर्ल्ड लिंकले पनि अर्को साल सम्ममा प्राथमिक शेयर निष्कासन गर्ने गरी प्रकिया अगाडि बढाएको छ ।

प्रभु डिजिटलपनि पब्लिक कम्पनीमा गइसकेको छ भने सुबिसु कम्पनी रजिष्ट्रार कार्यालय मार्फत प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया