रोशनको पछिल्लो गीतलाई दर्शकले अचम्मै मन् पराए – सात सय भन्दा धेरैको प्रतिक्रिया उत्कृष्ट गीत

काठमाडौ – बहुप्रतिभशाली युवा सर्जक तथा गायक रोशन गैरेको नयाँ गीत “धुमधाम बिहे” सार्वजनिक भएको छोटो समयमै तीन लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।
गीतमा ७ सय भन्दा धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ती मध्य प्राय सबैको प्रतिक्रिया गीत उत्कृष्ट रहेको भन्ने छ ।

रोशनले दुई प्रेमी बीचको प्रेम कहानीलाई गीत मार्फत दर्दनाक अन्त्य भएको देखाएका छन् । अचम्मै उत्कृष्ट शब्द र सोही अनुसारको लय सिर्जना रहेको गीतमा रोशनको आवाजमा समीक्षा अधिकारीले साथ दिएकी छन् ।

गीतलाई निर्देशक प्रकाश भट्टले चितवनको उत्कृष्ट दृश्य सहित मनमोहक भिडियो बनाएका छन् ।

गीतमा रोशनलाई अभिनयमा रोशनी कार्कीले साथ दिएकी छन् ।

गीत सार्बजनिक भएपछी आर्थिक सन्देश संग कुरा गर्दै गीतलाई छोटो समयमै धेरैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो ।

प्रतिक्रिया