युवा निर्देशक थापाको फरक र उत्कृष्ट निर्देशनमा चट्ट माया - भिडियो सहित

काठमाडौ - थोरै तर फरक काम गर्ने बागलुङका युवा निर्देशक प्रेम थापाले निर्देशन गरेको नयाँ गीत चट्ट माया भर्खर मात्र सार्वजनिक भएको छ । 

 

आफैमा कुशल मोडल समेत रहेका थापाले सयौं गीतहरूमा आफ्नो निर्देशन कला प्रस्तुत गरिसकेका छन् । 

 

निकै मेहनती र कुशल निर्देशकको छवि बनाएका थापाले पछिल्लो गीतमा फरक र दमदार निर्देशन कला प्रस्तुत गरेका छन् । 

 

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र रञ्जित गुरुङको अभिनय रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीले आवाज दिएका छन् भने भावना पराजुली,कल्पना लम्सालको शब्द सिर्जना रहेको छ भने गोविन्द भण्डारीको लय सिर्जना रहेको छ । 

 

प्रतिक्रिया