विद्युत् प्राधिकरणद्वारा धरौटी रकममा भारी कटौती.बढी खपत गर्ने ग्राहकलाई विद्युत् प्राधिकरणको विशेष सेवा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले ट्रंक तथा डेडिकेटेड लाइन उपभोगकर्ताका लागि धरौटी रकम घटाउने निर्णय गरेको छ।

हालसम्म उद्योगीहरूले कुल बक्यौताको २५ प्रतिशत धरौटी रकम राख्नुपर्ने व्यवस्था थियो। अब भने यसलाई घटाएर ५ प्रतिशत धरौटी राखे पुग्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।

यसका साथै, प्राधिकरणले २०८१ सालमा सबैभन्दा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई तीन विभिन्न श्रेणीमा वर्गीकरण गर्दै विशेष प्राथमिकता दिने व्यवस्था मिलाउने भएको छ।

  • देशभर सबैभन्दा धेरै विद्युत् खपत गर्ने १० ग्राहकलाई सर्वाधिक महत्त्वपूर्ण ग्राहक,

  • प्रदेशस्तरमा बढी खपत गर्ने १० लाई अत्यन्त महत्त्वपूर्ण ग्राहक,

  • वितरण केन्द्रअनुसार बढी खपत गर्ने १० लाई महत्त्वपूर्ण ग्राहक को सूचीमा राखिनेछ।

यद्यपि, यस्ता सूचीमा पर्न चाहने ग्राहकको दुई महिनाभन्दा बढी बक्यौता नभएको हुनुपर्ने प्रावधान तोकिएको छ।

प्रतिक्रिया