साताको अन्तिम दिन नेप्सेमा सुधार, सूचक २३ अंकले उकालो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सुधार देखिएको छ। दुई दिन लगातार घटेको बजार बिहीबार भने उकालो लाग्दै बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा पुगेको छ। यससँगै बजार ०.८५ प्रतिशतले वृद्धि भएको छ।

आजको कारोबारमा कुल १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर किनबेच भएको छ। बजारमा ३३५ कम्पनीका शेयर कारोबार हुँदा १ लाख ३० हजार १५ पटक कारोबार भएको देखिन्छ।

कारोबारपछि १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

दुई दिनको गिरावटपछि बजारमा आएको यो सुधारले लगानीकर्तामा केही उत्साह देखिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया