• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रीनलाइफको आईपीओ भर्ने आज अन्तिम दिन, ६ गुणा बढी आवेदन

काठमाडौं–पूँजी बजारमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढेको छ । लगानीकर्ताको आकर्षणसँगै नेप्से निरन्तर उकालो लागिरहेको छ ।

विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) खोल्दा पनि लगानी नगर्ने लगानीकर्ताले अहिले जलविद्युत् कम्पनीको शेयरमा पनि धमाधम लगानी गरेका छन् ।

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले निष्कासन गरको आइपीओमा सोमबार साँझसम्ममा ६ गुणा बढी आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार १० लाख ९१ हजार २५१ जना आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओक भन्दा ६.१ गुणा बढी हो ।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार चार सय गरी कुल ३४ लाख ९६ हजार चार कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

शेयर आवेदन दिने आज (माघ २७ गते) अन्तिम दिन हो ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया