• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

एकै पटक ११ कम्पनीको शेयर कारोबार रोकियो,तनावमा लगानीकर्ता

काठमाडौ – निरन्तर उकालो लागेको नेप्सेको पछिल्लो समय लगानीकर्तालाई निकै उत्साहित बनाएको छ । दैनिक रूपमा रेकर्ड बन्दै गइरहेको शेयर बजारमा १० अर्ब माथिको कारोबार भइरहेको छ ।

उत्साहित लगानीकर्तालाई आज भने दुःखद खबर आएको छ । नेप्सेको ११ कम्पनीको शेयर कारोबार रोकेको छ । एकै पटक यतिधेरै शेयर रोक्का भएको यो पहिलो पटक हो ।

नेप्सेले सोमबारसूचना जारी गर्दै ७ जलविद्युत कम्पनी, एक बीमा कम्पनी, दुई माइक्रोफाइनान्स र एक विकास बैंकको गरी ११ कम्पनीको कारोबार रोक्का गरेको हो ।

नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिर्भसल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथरपावर, राद्यी विद्युत, रैराङ र युनियन हाइड्रोगरी ७ जलविद्युत कम्पनीको कारोबार रोक्का गरेको हो । यस्तै गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र कालिका लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने आव २०७५/७६ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सूचीकरण विनियमावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले शेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

प्रतिक्रिया