असफल प्रेम जोडीको कथामा बनेको कमल खानालको उत्कृष्ट गीत "गुँदरीमा निदरी किन"

काठमाडौं — लोकप्रिय सर्जक तथा गायक कमल खनालको शब्द तथा लयमा आधारित नयाँ गीत ‘गुँदरीमा निदरी किन’ हालै सार्वजनिक भएको छ। असफल प्रेम जोडीको कथामा आधारित यस गीतमा प्रेम, पीडा र भावनालाई समेटिएको छ।

नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय खनालले यस गीतमा पनि शब्द, लय तथा विषयवस्तुमा विशेष मेहनत गरेका छन्।

कमल खनालको शब्द तथा लय सिर्जनामा तयार भएको गीतमा गायक बसन्त थापा र गायिका देवी घर्तीको आवाज रहेको छ। सुदीप सागरले संगीत संयोजन गरेका छन् भने भिडियो निर्देशन विनोद भण्डारीले गरेका छन्।

गीतको भिडियोमा अनिल पौडेल र जुना विश्वकर्माले अभिनय गरेका छन्। गीतको सम्पूर्ण पक्ष — शब्द, संगीत, निर्देशन र अभिनय — सशक्त रहेको  छ।

 

प्रतिक्रिया