बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको कडा निर्देशन

काठमाडौं – शेयर बजार मैत्री उपमा पाएका अर्थमन्त्री बिष्णु पौडेलले बीमा समितिका अध्यक्ष शिवप्रसाद सिलवालले बीमा समिति भित्र रहेका समस्या समाधानमा खरो रुपमा उत्रन निर्देशन दिनु भएको छ ।

बिहिबार नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बीमा क्षेत्र देखिएका यावत समस्या हल गर्दै आफ्नो कार्यकालमा बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न समेत नेतृत्वलाई निर्देशन दिएका हुन् ।

सो क्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको सुधारका लागि आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्न अर्थ मन्त्रालयले तयार रहेको समेत बताए ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले वीमा क्षेत्रको सुधारका लागि आफु खरो रुपमा उत्रने बताउँदै बीमा क्षेत्रको सुधारमा फास्ट ट्रयाकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो क्षेत्रमा तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा आपूm प्रवेश गर्ने समेत उनले बताए ।

प्रतिक्रिया