काठमाडौं । सेयर बजारमा पुनः गिरावट देखिएको छ। साताको कारोबारको बीचमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अंकले घट्दै २७७६.३६ विन्दुमा झरेको हो। अघिल्लो दिन सामान्य सुधार देखिएको बजार बुधबार फेरि ओरालो लागेको हो।
आजको कारोबारमा करिब १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ३ लाख २ हजार ९२ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा बजारमा सक्रियता भने उच्च देखिएको छ।
कारोबारमा आएका ३४७ कम्पनीमध्ये केवल १३ कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ। कुनै पनि कम्पनीको मूल्य स्थिर रहन सकेन। दिनभरमा १ लाख २३ हजार ७३० पटक सेयर किनबेच भएको छ।
बजारमा समग्र रूपमा गिरावट देखिएसँगै लगानीकर्तामा पुनः निराशा छाएको छ।