• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार ,
  • सूचना/प्रविधि

अब ट्राफिक जरिवाना तिर्न बैंकमा लाइन बस्न नपर्ने,अनलाइनबाटै तिर्न सकिने

काठमाडौ – के तपाईं ट्राफिक नियमको उल्लंघन गर्नु भएको छ ? छ भने जरिवाना वापतको शुल्क भुक्तानीमा हुने झंझटको बारेमा जानकार हुनुहुन्छ ।

सवारी चलाउँदा ट्राफिक नियमको सहिरुपमा पालना गर्नु पर्छ । यदि कहिले काही नियम उल्लंघन भयो भने पनि जरिवाना तिर्न पहिला जस्तो लाइनमा बस्न नपर्ने भएको छ ।

नेपालमा पछिल्लो समय आइरहेको डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै ट्राफिक प्रहरीले पनि अनलाइन प्रविधिबाट जरिवाना तिर्न सकिने व्यवस्था गर्न लागेको छ ।

महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको हाे । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यो प्रविधिले जरिवाना तिर्दा हुने समयमा बचत तथा थप पारदर्शिता समेत आउने धेरैको विश्वास रहेको छ ।

प्रतिक्रिया