काठमाडौ – नायिका सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
घटना सोमबार बेलुकीको भए पनि सञ्चार माध्यममा भने आज बल्ल सार्वजनिक गरिएको हो ।
उनीमाथि लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी कार्कीको छ । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।
सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे ।
सुस्माले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएको बताइएको छन् ।
सोमवार साँझ अनिता बाँस्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उनका श्रीमान् विजयन्द्र सिंह रावतसहित आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिलेदेखिनै साथीहरुसँग रहेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बादबिवाद भएकोर आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् ।