• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

माघ २८ गतेबाट नयाँ आइपीओ निष्काशन हुने,कति कित्ता दिने आवेदन

काठमाडौ – नेपाली नयाँ शेयर लगानीकर्ताको लागि आइपीओ निकै महत्वपूर्ण हुने गरेको छ । यसै बीच धेरै कम्पनीहरुले धमाधम आइपीओ निस्कासन गरिरहेका छ ।

आउँदो माघ २८ गतेबाट महिला लघुवित्तले मसाधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर वितरण हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर वेवसाइट र एप मार्फत आईपीओमा आवेदन गर्न सकिनेछ । कम्पनीको आईपीओमा माघ २८ गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन पाइनेछ ।

यो कम्पनीको लागि केवल १० कित्ता मात्र आवेदन दिदा उत्तम हुने देखिएको छ ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया