• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुद्धभूमिले १२ करोडको आईपीओ निष्कासन गर्ने, ‘ग्रेड ४ प्लस’ रेटिङ पाएको कम्पनी

काठमाडौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला विभिनन बैंक, इन्स्योरेन्स कम्पनी,जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर (आईपीओ) जारी गरेका छन् ।

विभिन्न कम्पनीका आईपीओ आएकाले लगानीकर्ताको संख्या पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा २५ लाख हाराहारीमा डिम्याट खाता खोलिएको छ ।

यसैबीच बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्कासनका लागि बुद्धभूमि हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमती मागेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलार्य आईपीओ निष्कासनका लागि अनुमति मागेको हो । सो सम्बन्धी काम गर्न सिभिल क्यापिटल लाई विक्री प्रबन्धक नियुक्त समेत गरिसकिएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । बुद्धभूमिले ४.९९ मेगावाटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।
पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री हुनेछ ।

प्रतिक्रिया