काठमाडौ – आफू सहभागि एउटा अन्तर्वाता विवादित बने पछि बाल गायिका समीक्षा अधिकारीले आफ्नो मन् दुखेको बताएकी छन् ।
उनले दुखी हुँदै मिडियामा आफ्नो कुरा समेत राखेकी छन् । एउटा गीत करोड क्लबमा पुगेको अवसरमा बाल गायक सचिन परियारको विषयमा कुरा उठेको थियो । सो विषयलाई लिएर अधिकारीको समेत आलोचना भएको थियो । उनी संगै मोडल विमल अधिकारीको पनि चर्को आलोचना भएको थियो ।