एक तर्फी मायाले जमेको जोडी कुलेन्द्र र शिवको अर्को कोसेली – नौजाले माया

काठमाडौ – करिब एक दशक पहिला सार्वजनिक भएको गीत “एक तर्फी मायाले” दर्शक स्रोताको मन मात्र जितेन कुलेन्द्र,शान्ति र शिवको नयाँ परिचय पनि दियो ।

सोही टिमले बनाएको नयाँ गीत नौजाले मायाले भर्खर मात्र सार्वजनिक भएको छ ।

शिव हमालको लय तथा शब्द सिर्जना रहेको सो गीतमा कुलेन्द्र विश्वकर्मा र रिना केसीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ । गीतलाई मौसम हिमालले निर्देशन गरेका छन् भने रिना थापा,मौसमी राना, युदिप थापा र नवीन दर्लामीले अभिनय गरेका छन् ।

प्रतिक्रिया