• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

इन्भेष्टमेन्ट कम्पनीको आईपीओ आउने

काठमाडौं–पुँजी बजारमा लगानी गर्नका लागि व्यापारिक घरानादेखि सर्वसाधारणको आकर्षण बढिरहेका बेला विभिन्न पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) जारी गर्दै आएका छन् । विभिन्न व्यापारिक समूहले इन्भेष्टमेन्ट कम्पनी बनाएर त्यसमार्फत विभिन्न क्षेत्रमा लगानी गरी प्रतिफल दिने प्रचलनको पनि विकास हुँदै आएको छ ।

आम सर्वसाधारणको समेत लगानीमा नयाँ इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्ने तयारी गरेको छन् । इमर्जिङ नेपाल इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्ने योजना बनाएको समूहले इन्भेष्टमेन्ट कम्पनीको आईपीओ जारी गर्ने तयारी गरेका छन्
कम्पनीले शेयर निष्काशन गर्न भन्दै २०७५ चैत्र १ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आईपीओ निष्कासनका लागि अनुमति दिन अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पु¥याउनु पर्ने बोर्डले भनेको छ । उक्त जानकारी बोर्डले २०७६ भदौ ५ गते नै कम्पनीलाई दिइसकेको जनाएको छ । अब कम्पनील्े चुक्ता पूँजी ५० करोड पु¥याएको जानकारी बोर्डलाई दिए पनि आईपीओ निष्कासनको अनुमति दिने तयारी छ । कम्पनीले हकप्रद निष्काशन गर्दै चुक्ता पूँजी ५० करोड रुपैयाँ पु¥याउने तयारीमा काम गरिरहेको कम्पनीका अध्यक्ष लालमणि जोशीले बताए ।

कम्पनीले स्थापना कालमा निकै ठूला महत्वकाँक्षी योजनामा काम गर्ने उद्देश्य राखेको छ ।

पर्यटन, कृषि, जलस्रोत तथा बैंकिङ लगायतका क्षेत्रमा लगानी गर्ने, नेपाल सरकारका विभिन्न निकायहरूलाई परामर्श सेवा उपलब्ध गराउने,राष्ट्रलाई वित्तीय, शिक्षा, स्वास्थ्य तथा पर्यटन हबको रुपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त कम्पनी स्थापना भएको हो ।

यो कम्पनीमासरकार तथा निजी क्षेत्रका प्रमुख व्यापारिक घराना, पूर्व प्रशासकहरु र बैंकर्सहरुको लगानी रहेको छ । कम्पनीमा सरकारको तर्फबाट आन्तरिक राजस्व कार्यालयका प्रमुख विनोद बहादुर कुँवर निर्देशक छन् । पूर्व प्रशासक लालमणि जोशी अध्यक्ष रहेको कम्पनीमा विशाल ग्रुपका तर्फबाट अशोक अग्रवाल, आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समितिमा छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, एनआरएनका पूर्व अध्यक्ष शेष घले, हरिभक्त श्रेष्ठ, सौरभ ज्योति,अम्बिका पौडेल लगायत संस्थापक हुन् ।

प्रतिक्रिया