नेपाल मै कोरोना विरुद्धको औषधि उत्पादन

काठमाडौं–सरकारले विदेशमा तयार भएको कोभिड–१९ विरुद्धको खोप ल्याएर लगाउन सुरु गरिरहेका बेला नेपालकै एक औषधी उद्योगले कोरोना विरुद्धको औषधीउत्पादन गरेको दाबी गरेको छ । देउराली जनता फार्मस्युटिकल्सले कोरोना विरुद्धको खोप प्रयोगमा ल्याउने अन्तिम तयारी रहेको जनाएको छ । यो उद्योगका सञ्चालक नेपाल उद्योग परिषंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा हुन् । ‘फाभिर २००’ नामको औषधीको क्लिनिकल ट्रायलमा नकरात्मक असर नदेखिएकोले आपतकालिन प्रयोगको लागि अनुमति लिन लागेको कम्पनीले जनाएको छ । औषधी व्यवस्था विभागबाट अनुमति पाएपछि प्रयोगमा ल्याउने तयारी छ ।

देउराली जनता फर्मास्यूटिकल्सले १० महिना अघि कोभिड विरुद्धको औषधी उत्पादन गर्ने घोषणा गरेको थियो । जनताले उत्पादन गरेको ‘फाभिर–२००’ को औषधी क्लिनिलक ट्रायल भएर ल्याउन लागिएको कम्पनीको दाबी छ । फाभिरपिराभिर कोरोना संक्रमितलाई दिइने एन्टीभाइरल औषधि हो । विश्वका १५ वटा मुलुकमा कोरोना संक्रमित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ ।

एन्टीभाइरल यो औषधिले शरीरमा कोरोनाको भाइरल लोड घटाई भाइरसको वृद्धिविकास रोकेर छिटै निको हुन सहयोग गर्ने औषधि उत्पादक कम्पनीको दाबी छ । फाभिरपिराभिरले कोरोनाका सामान्य र मध्यम अवस्थाका बिरामी छिटो निको भएको विश्वव्यापी तथ्यांकले उत्पादक कम्पनी देउराली जनताका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए ।

प्रतिक्रिया