• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सबै भन्दा ठूलो आईपीओ बाँडफाँड सुरु,यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डौ– बहुप्रतिक्षारत नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको बाँडफाँड सुरु भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) १० बजे लाजिम्पाटस्थित रहेको आफ्नो केन्द्रिय कार्यालयमा बाँडफाँड गर्ने सुरु भएको हो ।

बाँडफाड भएको २ घण्टामा मेरो शेयर मार्फत यसको नतिजा हेर्न सकिन्छ । नतिजाको लागि मेरो शेयरको my आसबामा गएर पुरानो रिपोर्टमा हेर्न सकिन्छ ।

रितपूर्वक आवेदन दिएका सबै आवेदकले कम्पनीको सेयर हात पार्ने भएका छन् । क्यापिटलले दिएको पछिल्लो जानकारी अनुसार आईपीओमा आवेदन दिएका मध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएका छन् ।

रितपूर्वक आवेदन दिएका सबैले ५० कित्ता पाउनेछन् । थप करिब पाँच लाख आबेदनकर्ता भाग्यमानी हुने भएका छन् । पाँच लाखले करिब ६० कित्ता शेयर पाउने भएका छन् ।

रितपूर्वक आवेदन दिएकामा १० कित्ताभन्दा बढी र ५० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले आफुले माग गरेजति नै पाउने भएका छन् । त्यसभन्दा बढी अर्थात ६० कित्ता वा सो भन्दा बढी माग गर्ने आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाउने भएका छन् । क्यापिटलका अनुसार पहिलो चरणमा बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने छ । गोलाप्रथामा कूल ११ लाख ९४ हजार ४ जना आवेदक समावेश हुने छन् जसमध्ये भाग्यमानी ४ लाख ९२ हजारले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर हात पार्ने भएका छन् । ४ लाख ९२ हजार लगानीकर्ता भाग्यमानी देखिएका छन् ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटप श्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया