• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सानिमा लार्ज इक्वीटीमा पनि माग भन्दा धेरैले दिए आवेदन,बाँडफाडमा गोलाप्रथा हुने पक्का

काठमाडौ- सानिमा क्यापिटलले बिक्रीमा ल्याएको सानिमा लार्ज इक्वीटि फण्डको १.०७ गुणा भन्दा धेरैको आवेदन परेको छ ।

क्यापिटलका अनुसार अन्तिम दिन अर्थात मंगलबार साँझसम्ममा ६३ हजार २९१ जना आवेदकबाट ९१ करोड ३७ लाख १० हजार २०० रुपैयाँ बराबरको ९ करोड १३ लाख ७१ हजार २० कित्ता इकाई खरिदको लागि आवेदन परेको हो।

प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ १३ गते र ढिलामा माघ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया