काठमाडौ – करोड क्लबमा पुग्न सफल गीत भगेरी चरीका सर्जक तथा गायक तेजश रेग्मी केही समय पछिको अंतराल पछि नयाँ गीत मलाई भन अरुलाई भन्दिन भर्खर मात्र सार्वजनिक भएको छ ।
केही समय गुपचाप जस्तै रहेका तेजस नयाँ गीत मार्फत दमदार कम् ब्याक भएको धेरैको अनुमान छ ।
उनको पछिल्लो गीतमा तेजशको आफ्नो पन पाउन सकिन्छ । गीतले भगेरि चरीलाई बिम्ब बनाउँदै माया प्रेमलाई उठाएको छ । गीतलाई रेग्मी आफ्नैले लय तथा शब्द सिर्जना गरेका छन् ।
तेजश,राजु कँडेल र रिना केसीको आवाज रहेको सो गीतको म्युजिक भिडियो समेत निकै राम्रो बनेको छ ।
गीतलाई शिव विकले निर्देशन गरेका छन् भने दुर्गेश थापा,तेजश रेग्मी,अर्जुन गौतम, दिपाशा विसी,गरिमा शर्मा र अस्मिता जुरेलिको अभिनय रहेको छ । गीतलाई रेग्मीको आफ्नै च्यानल TR सिरिज मार्फत सार्वजनिक गरिएको छ ।