• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बिनोद चौधरीले एनसीसी बैंकको ३५ लाख कित्ता शेयर किन्नुको रहस्य यस्तो छ

काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक)को शेयर खरिद बिक्रीको विषयलाई लिएर पूँजी बजार तरंगित छ । अर्बपति विनोद चौधरीको परिवारले दोस्रो बजार (सेकेन्डरी मार्केट) बाट एनसीसी बैंकको ठूलो परिमाणको सेयर किने पछि यसले बजार तरंगित बनाएको हो ।

शेयर किनबेचमा चलेखल भएको भन्दै धितो पत्र बोर्डले बैंकलाई स्पष्टिकरण पनि सोधेको छ । एनेसिसी बैंकको करिब ३५ लाख कित्ता शेयर चौधरी परिवारले किनेका छन् । चौधरीकी श्रीमती सारिका, छोराहरु निर्वाण, बरुण र भाई वसन्त चौधरीको नाममा किनेका हुन् । यो सोमबारको बजार मूल्यका अनुसार ८९ करोड ६० लाख रुपैयाँको शेयर चौधरी परिवारको हातमा पुगेको छ ।

चौधरी परिवारसँग अहिलेको बजार मूल्यका आधारमा एनसीसीको सवा अर्ब रुपैयाँभन्दा बढीको भएको देखिन्छ । चौधरी समूहको ५० प्रतिशत भन्दा बढी शेयर भएको नविल बैंकले एनसीसीलाई एक्वायर गर्ने भित्री मनसायले चौधरीले ठूलो परिणाममा शेयर किनेको श्रोतको दाबी छ । एनसीसी बैंकको अस्वभाविक शेयर मूल्यको विषयलाई लिएर धितो पत्र बोर्डले स्पष्टिरण समेत सोधेको छ । ठूलो परिमाणमा सेयर किनेर एक्वायर गर्दा नविलमा आफ्नो स्वामित्व बढाउने चौधरी समूहको योजना हुनसक्छ । १० करोड ३१ लाख कित्ता सेयर भएको एनसीसीको ३५ हजार कित्ता सेयर किन्दैमा त्यति ठूलो अर्थ नरहन पनि सक्छ ।

नबिल बैंकले एनसीसी बैंकलाई ३५ प्रतिशत स्वाप रेसियो हुनेगरी एक्वायर गर्ने प्रस्ताव गरेको श्रोतको दाबी छ । तर, एनसीसीले स्वाप रेसियो ४० प्रतिशत मागेको बताईएको छ ।

प्रतिक्रिया