• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आईपीओ जारी गरेको चन्द्रागिरी हिल्सले ओपनिङ रेन्ज कति पाउला ?

काठमाण्डौं–आम सर्वसाधारणका लागि निष्कासन भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर दोस्रो बजारमा कतिमा कारोबार होला आम जिज्ञाशा रहेको छ ।

प्राय कम्पनीहरुको आईपीओ बाँडफाँड भएको एक साताभित्रै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुँदै आएको भए पनि चन्द्रागिरीको ढिला हुने देखिएको छ ।

गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सको सेयर नेप्सेमा सूचीकरण हुन भने अझै थप केही समय लाग्ने देखिएको छ । नेप्सेमा सूचीकरण भएको खण्डमा दोस्रो बजारमा पहिलोपटक कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रु.९६.६९ देखि रु. २९०.०७ सम्म ओपनिङ रेन्ज तोक्नेछ ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट भएको थियो ।

यो कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

आइपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो । यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् ।

प्रतिक्रिया