• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सानिमा लार्ज क्याप फन्डमा ६ गुणा बढी आवेदन,पाउने सम्भावना कम हुँदै

काठमाडौ – सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोषमा तेस्रो दिनसम्ममा ६१ करोडको आवेदन परेकाे छ ।

साेमबार बेलुका ५० हजार ७ सय ४४ आवेदकले ६१ करोड ३९ लाख ३३ हजार ३ सय रूपैयाँ बराबरकाे आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ १३ गते र ढिलामा माघ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया