पछिल्लो २४ घन्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ३३९ जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

प्रतिक्रिया