काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २१.१६ अंक घटेर १९५१.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६४ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १५ स्टकको ८८ हजार ४६९ रुपैयाँ बराबरको २१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।