रवि लामिछानेले आज नागरिकता लिने,के आजै बन्लान् गृहमन्त्री

काठमाडौं - पूर्व गृहमन्त्री रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिने भएका छन् ।

आज बिहान १० बजे नै आफ्नो नागरिकता लिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । नागरिकता लिए पनि मन्त्री बन्ने नबन्ने बारे केही खुलाइएको छैन । उपनिर्वाचनमा निर्वाचित हुनु पूर्व नै ६ महिना सम्म मन्त्री बन्ने संवैधानिक व्यवस्था छ । 

शुक्रबार संवैधानिक इजलासमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरू आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो ।

 

प्रतिक्रिया