शेयर बजार ओलालो लाग्दा पनि सर्किट लाग्ने लद्युवित्त

काठमाण्डौ । शेयर बजारमा रातो हावी भएको बेला एउटा कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेको छ । 

नेप्से अर्धसतक भन्दा धेरैले घटेको दिन मनकामना स्मार्ट लद्युवित्तको शेयरमा भने दश प्रतिशतको बृद्धि भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ८९९ पुगेको छ भने करिव २ लाख हाराहारीमा शेयर खरिदको माग भएको छ । 

यो कम्पनीले करिव एक महिना अघिबाट प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको थियो । केहि शेयर विक्री गर्ने नहुँदा अपेक्षीत कारोबार हुन सकेको थिएन । जीवन विकास लद्युवित्तको शेयरसँगै दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको पछिल्ला दिन मात्र शेयर कारोवार संख्या केहि बढ्दै गएको देखिन्छ । 

प्रतिक्रिया