काठमाडौँ - बुधबार दोहोरो अंकले घटेको शेयर बजार बिहीबार पुनः हरियालीमा फर्किएको छ। बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर समग्र बजार २५६८ विन्दुमा पुगेको छ, भने कारोबार रकम १४ अर्ब १३ करोड माथि पुगेको छ।
आज कारोबार भएका ३२० कम्पनीमध्ये अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ, र करिब एक दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ।
दिनभरि निकै उतारचढाव भएको बजारमा विकास बैंक उपसूचक र जलविद्युत उपसूचकमा दबाब देखिएको छ भने लघुवित्त उपसूचक सबैभन्दा धेरै बढेको छ।
सानिमा जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर किनबेच भएको छ भने दोस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स रहेको छ।