काठमाडौं - नेपाली बैंक क्षेत्रमा निकै चर्चित नाम हो अनिलकेशरी शाह । उनी अहिले नविल बैंकमा कार्यरत छन् ।
उनै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको छ । बैंकर शाहले २०२१ सालमा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ प्राप्त गरेका हुन् ।
बैंकर शाहले २०२० मा १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ मात्र प्राप्त गरेका थिए ।
वाणिज्य बैंकहरूमा सबैभन्दा राम्रो बोनस दिने नविल बैंकलाई यो। सफलता दिलाउन उनै शाहको भुमिका रहेको धेरैको बुझाइ छ । उनी धेरै तलब लिने बैंकर भित्र पर्दछन् ।
आगामी पुस मसान्तमा नविल बैंकले साधारण सभा बोलाएको छ । बैंकले ३३ प्रतिशत बोनश र ४ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।