दोस्रो बजारमा टीएमएसमार्फत कारोबार गर्नेको संख्या २३ लाख नाघ्यो

काठमाडौं: दोस्रो बजारमा धितोपत्र कारोबारका लागि अनलाइन प्रणाली टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) प्रयोगकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार, साउन मसान्तसम्म टीएमएसको युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको हो।

असार मसान्तसम्म टीएमएस प्रयोगकर्ताको संख्या २१ लाख ९५ हजार ९९९ थियो। तर, दैनिक रूपमा टीएमएसमा सक्रिय रहनेको संख्या ५ देखि ७ लाखसम्म मात्र रहेको छ। अझै पनि ब्रोकर कम्पनीमार्फत कारोबार गर्नेको संख्या १५ लाख १९ हजार छ।

टीएमएस प्रणाली २०७५ कात्तिकदेखि औपचारिक रूपमा सुरु भएको हो। यसले लगानीकर्तालाई अनलाइनबाटै सेयर किन्ने र बेच्ने आदेश दिन सक्षम बनाएको छ।

प्रतिक्रिया