• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

डिस होमको आईपीओ अनुमतिको अन्तिम चरणमा,कहिले होला सार्वजनिक

काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने सेवनमा दिएको निवेदन अब अन्तिम चरणमा पुगेको छ ।

अबको केही दिनमा शेयर निष्कासनको अनुमति पाउने स्रोतको दाबी छ । सम्पूर्ण काम पूरा हुन लागिएको छ,अब केही दिनमा अनुमति दिन्छौ सेवनको भनाइ छ । त्यस पछि आइपीओ निष्कासनको बाटो खुल्ने छ ।

दुई अर्ब पूँजी रहेको डिस होमले करिब १० प्रतिशत भन्दा केही बढी सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ ।

२३ करोड ८५ लाख रुपैयाँ बराबरको (२३ लाख ८५ हजार कित्ता) आईपीओ निष्कासनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । आइपिओ जारी गर्न माग गर्दै डिस होमले गत असार २९ गते नेपाल धितो बोर्डमा थियो । धितो पत्र बोर्डमा दिएको आवेदनमा अध्ययन गरेर बोर्डले कागजात माग गरेर अध्ययन गरी अन्तिम चरणमा रहेको जनाएको छ ।

सेयर निष्कासनका आवश्यक कागजातका विवरण उपलब्ध गराएमा आइपिओ निष्कासनको लागि छिट्टै स्वीकृति पाउने बोर्डले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको डिस होमले गत असारमा आइपिओ जारी गर्न अनुमति माग गर्दै धितो पत्र बोर्डमा आवेदन दिएको थियो ।

डिसहोमका १५ लाख भन्दा धेरै ग्राहक रहेका छन् । व्यक्तिगत कम्पनीलाई पव्किल कम्पनीमा लगेर सेयर जारी गर्न लागिएको हो ।

डिस नेपाल र होम टिभी सेवा बीच मर्ज भएर डिस होम संचालनमा आएको हो । डिसहोमले टेलिभिजनमात्र नभएर सिम टिभीको आइएसपीबाट इन्टरनेट सेवा प्रदान गर्न सुरुवात गरेको छ । डिसहोमले टेलिभिजन प्रसारणका लागि चाहिने सेटप बक्स समेत उत्पादन सुरु गरेको छ ।

प्रतिक्रिया