गायिका शान्ती श्री परियारलाई पुत्री लाभ

काठमाडौ – लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् ।

छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । परियारले केही समय पहिला नारायण भुजेल सँग प्रेम बिहे गरेकी थिइन् ।

प्रतिक्रिया